डीपिएल-३: रुपन्देहीद्वारा महेन्द्रनगर युनाइटेडलाई १ सय १२ रनको लक्ष्य

  • हरिशजङ्ग क्षेत्री

कैलाली । आजबाट कैलालीमा सुरु भएको धनगढी प्रीमियर लिग (डीपिएल) सिजन –३ को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सद्वारा महेन्द्रनगर युनाइटेडलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको रुपन्देहीले २० ओभर पुरै खेल्दै सबै विकेट गुमाए र एक सय ११ रन जोडेको थियो । निकै खराब सुरुवात गरेको रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई सहज लक्ष्य दिएको हो । हुन त महेन्द्रनगरलाई पनि प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्न सजिलो हुने छैन । किन भने फाप्लाको क्रिकेट पिच हालै निर्माण गरिएको हो । पुर्णरूपमा पिच बनी नसकेको कारण उक्त पिचमा खेल्न ब्याट्सम्यानहरुलाई खेल्न गाह्रो भैरहेको छ ।

रुपन्देही च्यालेन्जर्सका लागी सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा २ छक्क र १ छक्काको मद्दतले सर्वाधिक २७ रन स्कोर बनाउदा राष्ट्रिय क्रिकेटर समेत रहेका बिनोद भण्डारी खराब सट ख्ल्दै आउट हुनुपुर्व २ छक्का र एक चौकाको मद्दतले १९ जोड्दा, बिक्रम सोब नटआउट १६ रन जोड्दा सन्दीप सुनारले १४ जोडेका थिए भने हङकङका कप्तान बाबर हयातले १४ जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न असफल रहदा १ सय ११ रनमा समेटिएको थियोे ।

निकै ठुला ब्याट्सम्यान रहेको भनिएको रुपन्देहीका ती ब्याट्सम्यान एकपछि अर्को गर्दै महेन्द्रनगरका बलरहरुले पबेलिएन फर्काएका थिए । बलिङतर्फ महेन्द्रनगरका बलरहरु उत्कृष्ट बलिङको प्रदर्शन गरेका थिए । महेन्द्रनगरका सिद्धान्त लोहनीले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर रुपन्देहीका ३ महत्त्वपूर्णको विकेट पतन गर्दा, सागर ढकाल र अभिनास बोहराले पनि निकै राम्रो बलिङ गर्दै दुई दुई विकेट लिएका थिए । त्यसैगरी महेन्द्रनगरका कप्तान शरद भेषावकरले एक विकेट प्राप्त गरे ।

रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिला ब्याटिङ गर्दै १ सय १२ रनको लक्ष्य पछ्याउँन महेन्द्रनगर युनाइटेड अहिले ब्याटिङ गरिरहेको छ । धनगढी प्रीमियर लिग ९डीपिएल० तेस्रो सिजनको विजेता टोलीले ३० लाख नगद रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ट्राफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता, तेस्रोले चौथो हुने टोलीले क्रमस १२ लाख, तेस्रोले ४ लाख र चौथो हुने टिमले २ लाख नगद रुपैयाँ प्राप्त गर्दा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ । आज देखी सुरु भएको प्रतियोगिता फागुन ११ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्