पानीघट्ट र बिजुलीबाट चल्ने मिलकाे स्वाद

बाजुरा । गाउँघरमा आजकल पानीघट्ट लोप हुँदै गएको छ । नयाँ प्रविधिको विकाससंगै पुरानो प्रविधि देख्न छोडेको हो ।

ठाउँठाउँमा बिजुलीबाट चल्ने आधुनिक मिल सञ्चालन भएको छ । आधुनिक मिलबाट कम समयमा धेरै काम गर्न सकिने हुँदा जिल्लाको सबै खुसी नै देखिन्छ ।

पानीघट्ट नदी तथा खोला किनारमा हुने भएकोले सबैले धेरै दुःख पाउने गरेको थियो भने अहीले घर छेउ मै मिल भएपछि स्थानीय बासीमा खुसी छाएको छ ।

सकरात्मक र नकरात्मक सबैमा हुन्छ , त्यसैले बिजुलीबाट चल्ने मिलमा पनि भएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार बिजुलीको मिलबाट पिसेको पिठोको स्वाद पानी घट्टाको भन्दा अली मिठो हुँदैन ।

पछि आउने पुस्ताको लागि पुरानो प्रविधि र सीपलाई जोगाएर राख्नुपर्ने जिल्लाका बासीन्दाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्