धनगढी प्रिमियर लिग–३ः पुनित मेहराको उत्कृष्ट फिल्डिङमा रुपन्देहीद्वारा महेन्द्रनगर युनाइटेड २ रनले पराजित

  • हरिशजङ्ग क्षेत्री,

कैलाली । कैलालीमा आजदेखि सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) सिजन–३ को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेड माथि २ रनको उत्कृष्ट जित हाँसिल गरेको छ ।

रुपन्देहीका बिक्रम सोब र पुनित मेहराको उत्कृष्ट बलिङ र फिल्डिङमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्यलाई पछ्याउने क्रममा महेन्द्रनगर युनाइटेडले २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ९ रनमा समेटिदा २ रनको साँघुरो हार ब्यहोर्न पुग्यो ।

महेन्द्रनगरका लागि आन्नद सुब्रमनियमले ३४ बल खेल्दै २ छक्का र १ चौकाको मद्दतले टिमका लागि सर्वाधिक २५ रनको योगदान दिदा रोहित कुमार पौडेलले २४ रनको स्कोरमा तीब्र गतिका बलर बिक्रम सोब बोल्ड गरेका थिए । त्यसैगरी मोहम्मद नाभिदले १२ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन नसक्दा महेन्द्रनगर २ रनले पराजित हुन पुग्यो ।

बलिङतर्फ रुपन्देहीका बिक्रम सोबले ३ ओभर बलिङ गर्दै २४ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट चट्काउदा पुनित मेहराले २ विकेट, कृष्ण कार्की, ललित सिह भण्डारी र कप्तान वसन्त रेग्मीले समान एक एक विकेट प्राप्त गरेका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको रुपन्देहीले २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर एक सय ११ रन मात्रै जोडेको थियो । निकै खराब सुरुवात गरेको रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई सहज लक्ष्य दिएको हो । हुन त महेन्द्रनगरलाई पनि प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्न सजिलो हुनेछैन ।

किन भने फाप्लाको क्रिकेट पिच हालै निर्माण गरिएको हो । पुर्णरूपमा पिच नबनी सकेको कारण उक्त पिचमा खेल्न ब्याट्सम्यानहरुलाई खेल्न गाह्रो भइरहेको छ । रुपन्देही च्यालेन्जर्सका लागि सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा २ छक्क र १ छक्काको मद्दतले सर्वाधिक २७ रन स्कोर बनाउदा राष्ट्रिय क्रिकेटर समेत रहेका बिनोद भण्डारी खराब सट ख्ल्दै आउट हुनुपूर्व २ छक्का र एक चौकाको मद्दतले १९ जोड्दा, बिक्रम सोब नटआउट १६ रन जोड्दा सन्दीप सुनारले १४ जोडेका थिए भने हङकङका कप्तान बाबर हयातले १४ जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न असफल रहदा १ सय ११ रनमा समेटिएको थियो ।

निकै ठुला ब्याट्सम्यान रहेको भनिएको रुपन्देहीका ती ब्याट्सम्यान एकपछि अर्को गर्दै महेन्द्रनगरका बलरहरुले पबेलिएन फर्काएका थिए । बलिङतर्फ महेन्द्रनगरका बलरहरु उत्कृष्ट बलिङको प्रदर्शन गरेका थिए । महेन्द्रनगरका सिद्धान्त लोहनीले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर रुपन्देहीका ३ महत्त्वपूर्णको विकेट पतन गर्दा, सागर ढकाल र अभिनास बोहराले पनि निकै राम्रो बलिङ गर्दै दुई दुई विकेट लिएका थिए । त्यसैगरी महेन्द्रनगरका कप्तान शरद भेषावकरले एक विकेट प्राप्त गरे ।

रुपन्देहीका लागि उत्कृष्ट फिल्डिङ, बलिङ गरेका बिक्रम सोब म्यान अफ दि म्याच भए । त्यसैगरी उत्कृष्ट क्याचको अवार्ड पुनित मेहराले पाउदा, ईसेवा म्याच चेन्जरको उपाधी कप्तान वसन्त रेग्मी ले हात पारे ।

भोलिको पहिलो खेल धनगढी स्टार्स र सिवाइसी अत्तरियाबीच हुनेछ । भने दोस्रो खेल महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सका बिछ हुने तलिका रहेको छ । धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो सिजनको विजेता टोलीले ३० लाख नगद रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै उपविजेता, तेस्रोले चौथो हुने टोलीले क्रमस १२ लाख, तेस्रोले ४ लाख र चौथो हुने टिमले २ लाख नगद रुपैयाँ प्राप्त गर्दा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरले गोल्डस्टार सुनको जुत्ता पाउनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ । आज देखि सुरु भएको प्रतियोगिता फागुन ११ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्