राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी परिचयपत्रको व्यवस्था गर्न संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । संसदीय समितिले राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले मुलुकको सुरक्षासँग जोडिएको विषयमा गम्भीर हुन समेत सरकारलाई सुझाव दिएको हो ।

समितिका सदस्यले पर्ने सम्बन्धको नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न माग गरेका छन् । यस्तै, मुलुकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर गर्न नहुने समेत समिति सदस्यको सुझाव थियो ।

समितिले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्