साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण:दुबईमा पक्राउ परेका श्रेष्ठ मोरङ हिरासतमा

मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका बेनु श्रेष्ठलाई मोरङ ल्याइएको छ ।

दुबईमा पक्राउ परेका श्रेष्ठलाई मोरङ ल्याइएको हो । उनलाई अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा मोरङ ल्याइएको छ । प्रहरीका अनुसार श्रेष्ठलाई अहिले मोरङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

दशैं पर्पको कारण अदालत विदा भएको छ । दशैंपछि मात्रै श्रेष्ठलाई हाजिर गराइने प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्