अनाथ बालबालिकको साथमा प्रेम दिवस

काठमाडाैँ । १४ फेब्रुअरी अर्थात आज प्रेम दिवस । सबै युवायुवति तथा जोडिहरुले एक आपसमा प्रेम र उपहार साटासाट गरेर मनाउने दिन । तर केही युवाहरुले भने फरक किसिमले मनाएका छन् । रिजन मडैको संयोजनमा युवायुवतिहरुले प्रेम दिवस मनाएका हुन ।

कार्यक्रम अन्तर्गत धापासिमा रहेको नेपाल तालबोट बाल केन्द्रमा रहेका २४ जना बालबालिकालाई केही खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो । मायाँको अभावमा बाचेका अनाथ बालबालिकासँगै बसेर थोरै मायाको अनुभुति दिलाउन आफुले सक्ने सहयोग गरेर दिवस मनाइएको अभियान्ता मडैले बताउनुभयो । पत्रकार तथा अभियान्ता सम्झना पौडेलले प्रेम साटन कुनै खास व्यक्तित्व हुनुपर्छ भन्ने मान्यतालाई तोड्दै आपसि सद्भाव र मायाँमानै प्रेम सफल हुने बताउनुभयो ।

अम्मर बिष्ट,नरेन्द्र बिष्ट,अजित शाह,शर्मिला श्रेष्ठ,प्रकाश सिह कार्की,जनक साउद र प्रभात सापकोटाले आर्थिक सहयोग गर्नुभएको थियो । जय बहादुर चन्दको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा डाक्टर दिनेस रावलको विशिष्ठ आथित्यता रहेको थियो । त्यस्तै अथितिहरु अजित शाह , नरेन्द्र विष्ट लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्