तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताः एचएचसीए र स्वप्न वाटिका फाइनलमा

काठमाडौँ । एचएचसीए र स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियरगर्लसतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

एचएचसीएले एलआरआईलाई ३५–२३ ले पराजित ग¥यो । एचएचसीएको जितमा अनिता सुनवारले १७ अंक योगदान गरिन् । सम्झना शाहीको १२ अंक सहयोगमा स्वप्न वाटिकाले कान्तिपुरलाई २१–२० ले हरायो । सिनियर ब्वाइजमा पिपुल्स एकेडेमी र विल्सन एकेडेमीले उपाधि भिडन्त पक्का गरे । पिपुल्सले आयोजक भानुभक्तलाई ७३–४६ ले निराश पा¥यो ।

पिपुल्सका संकित बस्नेतले ३२ स्कोर गरे । विल्सनले हिमालीको यात्रा ५२–१६ ले पूर्णविराम लगायो । विल्सनका पेम्बा शेर्पाले २० अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्