चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह: ग्रिनफिल्डलाई उपाधि

काठमाडौँ । ग्रिनफिल्डले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गर्लस भलिबल उपाधि बिहीबार जितेको छ ।
हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले ग्लेसियरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । ब्वाइजमा नवोदित पहिलो भयो ।

फाइनलमा नवोदितले एन्जल्स हर्टलाई ३–२ ले हरायो । विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष डा। स्वागत श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १६ तथा गल्र्समा ८ टिम सहभागी थिए । खेलकुद सप्ताहअन्तर्गत अब बास्केटबलमा मात्र सम्पन्न हुन बाँकी छ ।

बसुन्धारास्थित ऋत एकेडेमीमा भइरहेको बास्केटबलको ब्वाइजमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ६२–५७ तथा गोल्डेनगेटले ऋत एकेडेमीलाई ३९–२५ ले पराजित गरे । गल्र्समा जेभियरले ग्रिनफिल्डलाई २२–११ तथा गोल्डेनगेटले टाइम्सलाई २२–१२ ले हराए ।

प्रतिक्रिया दिनुहोस्