लिफ्ट सिस्टमबाट गाउँमा पानी झरेपछि गाउँले खुसी

  • दीपक भट्ट,

रामेछाप–२ फागुन । रामेछाप ४ हिमगंगा तिलबारीमा पहिलो पटक धारामा पानी झरेपछि त्यस गाउँका नागरिकहरु खुसीले गद्गद् भएका छन् । विशेषगरी दलित र जनजाती मात्रै वसोवास रहेको उक्त गाउँमा भएका परम्पराका पुराना खानेपानीको मुहान एकपछि अर्को गर्दै सुक्दै गएपछि त्यस गाउँका नागरिकहरु खानेपानीको लागि रातभरी सुत्न नै पाउँदैनथे ।

एकग्रागी पानी लिनको लागि रातको निन्द्रा नै माया मारेर उनीहरु २ घण्टाको पैदल दुरी हिडेर सोही वडाको पचलेखोलाको फोहोर पानी पिउँदै जिवन निर्वाह गर्दै आएका थिए । पानीको अभावकै कारण कतिपयले वसाइ समेत सर्नुपर्यो । गाउँमा पानी नभएपछि गाउँमा वस्नै सकिएन सधै एक गाग्री पानी लिनको दैनिक दुःख पाउनु भन्दा वस्ती नै सर्न वाध्य हुन पुगे रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका राजु जोगीले वताए ।

उनले भने– नत पाखो जमीनमा उव्जेको अन्नपातले वर्षभरी खान नै पुग्छ नत सहज ढंगले खानेपानी नै पाइन्छ । त्यसैले आफु दुई वर्ष अघि हिमगंगावाट साघुटार वजारमा बसाई सरेको, म जस्तै धेरै गाउँलेहरु उक्त गाउँवाट बसाइ सरेर अन्यत्र गएको जोगीले जानकारी दिए ।

स्थानीयहरुको धेरै मेहेनतपछि रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष र यस चालु आर्थिक वर्ष गरी ५९ लाख रुपैयाँ र स्थानिय ७ लाख रुपैयाँ वरावरको जनश्रमदान गरी कुल ६६ लाखको लागतमा स्थानीय पङखर पचलेखोलाको पानी सोलार सिस्टममार्फत ३ सय मिटर उचाईमा २ लिफ्ट गरी पानी गाउँमा झरेपछि स्थनीयहरु हर्षित भएका हुन् । उक्त खानेपानीवाट गाउँका ८० घरधुरीका करिब ४ सय व्यक्तिहरु लाभान्वित भएका छन् ।

गाउँको पुच्छरमा रहेको पचलेखोलाको पानी माथि ३ सय मिटर डाँडामा फाल्नको लागि ४४ वटा सोलार प्यानल जडान गरी ठाउँठाउँमा ३ वटा ९० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी तिलवारी गाउँमा खानेपानी झरेपछि यसभन्दा पहिला डोका र काधमा पानी बोकेको दुःख सबै बिर्सिएको स्थानीय सरस्वती विकले बताइन ।

उनले भनिन्– पहिला पानीको लागि रातभरी सुत्न पाइदैनथ्यो । एकातिर घरका लोग्नेमान्छे कामको लागि घरबाट विहानै निस्कन्थे, वालवालिकाहरु स्कुल जान हतार गर्थे, आफुलाई भने सधै पानीकै पिरलो हुन्थ्यो । त्यो पिरलो अब सधाको लागि हट्दा आफु मात्र नभई सबै गाउँलेहरुमा खुशियाली छाएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्