आफ्नै कक्षाका साथीको नाममा फेक आईडी बनाइ केटाहरुसंग अश्लिल कुरा गरेपछि….

काठमाडौँ । कतिपयले सामाजिक संजालको दुरपयोग गरिरहेको छ । फेक आईडी बनाइ गलत काम गर्दै आएको खबरहरु आइरहेको हुन्छ । सामाजिक संजालकाे नकली अाइडिबाट मान्छेकाे चरित्र हत्या गरी मृत्युको मुखसम्म पुर्याउन बेर लाउदैन ।

यस्तै  डोटीमा एक किशोरीले आफ्नै कक्षाका साथीको नाममा फेक आईडी बनाइन् । अनि केटाहरुसंग अश्लिल कुरा गर्न थालिन् । प्रहरका अनुुसार उनले उक्त आईडीबाट आफूलाई यौन इच्छा लागेको भन्दै अश्लील कुराहरु गरेको खुलेको छ । पीडित किशोरीले नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंमा आफ्नो फोटो प्रयोग गरेर नक्कली आइडी बनाइ अश्लिल संदेश पठाएको भन्दै मुद्धा दायर गरिन्।

पीडित किशोरीको निबेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको प्रहरीले बताए । फेक आईडी बनाइ चलाउने किशोरीलाई साइबर क्राइम गरेको आरोपमा पक्राउ गरेको हो । आरोपीलाई अपराध महाशाखा काठमाडौं ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्