भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सडकबाट भेरी नदीमा भे १ ख १३२९ नम्बरको बस खसेको हो । बस नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको थियो । ३ जनाको शव भेटिएको र ५ जनालाई उद्दार गरिएको प्रहरीले जनाए ।

अहिले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्