राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश सूचकहरु नकारात्मक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको पछिल्लो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । सुचकहरु नकारात्मक भएपछि सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य समेत पुरा नहुने देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षको अन्त्य सम्ममा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । तर आर्थिक विकासका लागि महत्वपूर्ण हुने सबैखाले आर्थिक परिसूचकहरु नकारात्मक देखिनु अर्थतन्त्रका लागि सकारात्मक छैन् ।

देशको अधिकांश क्षेत्रमा पूँजी परिचालन गरि आर्थिक विकासमा टेवा पु¥याउने बैंकिङ क्षेत्र नै लगानीयोग्य पूँजीको अभावमा बस्नु परेको छ । सरकारले समयमा खर्च गर्न नसक्दा बजारमा नगद प्रवाह कम भएको छ ।

बजारको पैसा राजश्व स्वरुप सरकारी ढुकुटीमा जम्मा हुने तर खर्च नहुँदा नगद प्रवाह कम हुन गई अधिकांस सूचकहरु प्रभावित भएका छन् । भारतसंगको स्थिर विनिमयदर भएकाले विदेशी मुद्राको तुलनामा नेपमाली मुद्राको क्रयशक्ति घटेको छ ।

पुष मसान्तसम्म व्यपार घाटा गत वर्षको पुष मसान्तमा भन्दा झण्डै २ खर्बले बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाा पुगेको छ । रेमिट्यान्समा भने ३० प्रतिशतले भन्दा बढी वृद्धि भएको छ । तर शोधानान्तर घाटा बढदै गएको छ । देशका प्रमुख आर्थिक सूचकहरु नकारात्मक बनिरहदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्