नक्कली भिषा भन्दै विमानस्थल इमिग्रेशनका कर्मचारीले दुख दिएपछि…

काठमाडौं । स्टुडेन्ट भिषामा साइप्रस जान लागेको केही विद्यार्थीहरुलाई भिषा नक्कली भएको भन्दै बिमनस्थल इमिग्रेसनले रोकेको भनि लाइभ कार्यक्रममा विद्यार्थीहरुले भिडियो कल गरी गुनासो राखे ।

उनीहरुले केही अघि त्यही भिषाबाट आफ्ना साथिहरु इमिग्रेसन पास गरेको तर आफूहरुलाई भने अनावश्यक रोकेको भन्दै आफ्नो भिषाबारे छानबिन गरिदिन आग्रह गरे । इमिग्रेसनमा रोकिएपछि एक जना व्यक्तिले ६ हजार रुपैया दिए इमिग्रेसन कटादिने भनेको उनीहरुले बताए ।

विमानस्थलमा रोकिएका विद्यार्थीहरु मध्ये इनरुवाका सुसान्त दाहाल र पोखराकी क्रिष्टिना परियार हाम्रो कार्यालय आए । चको ब्याजमा ऋण लिएरको पैसाले पढ्न जादा इमिग्रेसनले अनावश्क रोकेको पीडित उनीहरु बारेक अरु कसले बुझ्न सक्छ र । आफ्नो पैसा सबै डुबेको होइन, साइप्रस जान नपाए कजेजलाई बुझाएको पैसा के हुने हो यस्ता यस्तै प्रश्नले घेरिएका थिए उनीहरु । त्यती खेरसम्म पनि उनीहरुलाई भिषा नक्कली हो कि आफूहरु ठगिएको पो होइन भन्ने पिर थियो ।

उनीहरुसँग कुरा गर्दै गर्दा हामीले साइप्रसको काठमाडौंमा रहेको काउन्सेलर शाखामा फोन सम्पर्क गरी उनिहरुको भिषा बारे सोधखोज ग¥यौं । काउन्सिल डिपाटमेन्टकी कर्मचारीले उनीहरुको भिषा सक्कली भएको जानकारी गराइन् ।

यो सबै हेर्दा इमिग्रेसनका कर्मचारी लापरवाही भएको वा यात्रुलाई अनावश्यक दुख दिन खोजेको प्रष्ट हुन्छ । सक्कली नक्कली थाहा पाउने सिस्टम आफुसँग नभएपछि काउसेलर डिपार्टमेन्टमा सामान्य फोन गरेर सोध्न सकिन्छ । तर इमिग्रेशन काउटन्रमा बस्ने कर्मचारी त्यति पनि गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्