बुहारीले सासुलाई बोक्सी भन्दै निर्घात कुटपिट

दाङ । दाङमा बुहारीले सासुलाई बोक्सीको आरोप लगाएका छन् । प्रहरीले बोक्सीको आरोप लगाएका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिकाकी शोक्मा बुढामगर र तुलसीपुरकी बिष्णु श्रेष्ठ रहेका छन् । प्रहरी कार्यालय तुलसीपुरले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । आफ्नै सासूलाई निर्घात कुटपिट गर्ने बुहारी शोक्माले बोक्सी लागेर आफू बिरामी भएको आरोप लगाएकी प्रहरीले बताए । सासुले आफूलाई बोक्सी भन्दै कुटेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीका अनुसार करिब नौ वर्ष भन्दा अगाडि देखि शोकमाया बोक्सीबाट मूक्त पाउन भन्दै बिष्णु कहाँ झारफुक गर्दै आएकी खुलेको छ । शोकमायालाई बिष्णुले घरकै सासू बोक्सी लागेको भनेपछि सासूलाई कुटपिट गरेकी हुन् । उनीहरुलाई मुलुकी अपराध संहिताअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्