साम्राज्ञी,पुष्प र रेविकाकाे मुख्य भूमिका रहने फिल्म ‘मारुनी’ को शुभमुहुर्त

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह, अभिनेता पुष्प खड्का र नव–अभिनेत्री रेविका गुरुङको को मुख्य भूमिका रहने फिल्म ‘मारुनी’ को शुभमुहुर्त भएकाे छ ।

शुक्रबार काठमाडाैँको कमलादिस्थित गणेश मन्दिरमा शुभमुहुर्त गरिएकाे यो फिल्मको छायांकन १० दिनपछि शुरु हुने टिमले जानकारी दिएको हो । फिल्मलाई नवल नेपालले निर्देशन गर्ने भएका छन् भने सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् । फिल्म पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने भएको छ ।

फिल्ममा मुख्य नायक पुष्प खड्का र नायिका रेविका गुरुङको साथै बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्य लगाएत कलाकारहरुको अभिनय रहनेछ ।

फागुन १३ गतेबाट छायाँकन सुरु हुने ‘मारुनी’ फिल्मलाई आउँदो बर्षको भदौ १३ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्