विपिन कार्कीको मुख्य भूमिकामा बन्ने भयो ‘परी’

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

फिल्ममा विपिन कार्कीको मुख्य भुमिका रहनेछ, भने यसै फिल्मबाट श्रृष्टी खड्काले पनि नेपाली फिल्म यद्योगमा आफ्नो पाइला चाल्ने भएकी छन् । उनी म्युजिक भिडियोमा सक्रिय छन् ।

दक्षिण एसियामा व्याप्त रहेको समसामयिक घटनालाई ‘परीः उड्न देऊ’ले पर्दामा प्रस्तुत गर्ने बुझिएको छ । यो फिल्म आगामी वैशाखबाट फ्लोरमा जाँदैछ । यो फिल्मको कथावस्तु केही दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएकोे छ ।

फिल्मलाई नेपाल र भारतको राजस्थानमा छायाङकन गरिने निर्माण पक्षले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्