स्वास्थ्य मन्त्रालयद्वारा दुई दिनभन्दा बढी ओपीडी बन्द नगर्न सरकारी अस्पताललाई परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ ।मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो ।

मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाएर ओपिडी बन्द गरेमा कारवाही गरिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्