दिगो विकासको लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय समुदायबाट बजेट जुटाउने तयारी

काठमाडौँ । सरकारले दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय समूदायबाट अवश्यक बजेट जुटाउने तयारी गरेको छ । सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता पूरा गर्न सरकारले अन्तराष्ट्रिय समूदायसँग आवश्यक बजेट जुटाउने योजना बनाएको हो ।

आज बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहमा अभियाननै संचालन गर्न लागिएको बताउनु भयो । दिगो विकास लक्ष्य हासिल गर्नका लागि सोचकै अभाव रहेको उल्लेख गर्दै समस्या समाधान गरेर अघि बढने गरी बजेटसहितको योजना तय गरिएको उहाँको भनाइ थियो ।

यता, समितिका सदस्यले भने दिगो विकास लक्ष्य हासिल हुने गरी अघि नबढेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । दिगो विकास लक्ष्य हासिल हुने गरी सन्तुलित र समान अवसरसहितको विकास योजना अघि बढाउन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्