११ वर्षको वैदेशिक रोजगारीको अनुभव कृषिमा प्रयोग गर्दै बुद्धिमान

  • विनय तिम्सिना,

इलाम, ३ फागुन । नेपाल कृषि प्रदान देश हो यहाँका अधिकांश मानिस कृषि पेशामा आवद्ध छन् । नेपालमा कृषि पेशा भन्दा पनि अहिले वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्या वढ्दै गएको छ । इलाम नगरपालिका ७ का बुद्धिमान राई ११ वर्ष अगाडि मलेसिया गएका थिए उनले आफ्नो उर्जाशिल उमेर उतै बिताए । ११ वार्षसम्म विदेशमा बस्दा पनि आफू रोजगारी पाए कामदार मात्र भए अहिले स्वदेश आएपछि पनि उनी बेरोजगार नै बने ।

उनी विदेशमा बस्दा अवैधानिक नेपालीहरुको सहयोग गर्ने काम गर्दथे । स्वदेश फर्कन समय लाग्ने भएका साथीहरुलाई उनले मलेसियमै कृषि र्फममा काम लागाइदिने गरेका थिए । धेरै जसो बाग्लुङका साथीहरुलाई कृषि फर्ममा काम लगाउने सिलसिलामा उनी कृषि फर्ममा आउने जाने क्रम बढ्दै गयो र उनी नेपाल आएर कृषि फर्म खोलेका हुन् ।

राईले अहिले १६ रोपनी जमिनमा अनुग्रह हेचरी पोल्ट्री एण्ड एग्रिकलचर फर्म दर्ता गरेनै शुरु गरेका छन् । १३ लाखको लगानीमा शुरु गरेको उनको फर्ममा ट्रकी, लोकल कुखुरा, बटाई पाउन सकिन्छ । उनले मासिक २०० मासुको लागि लोकल कुखुरा र ५०० भन्दा धेरै चल्ला उत्पादन गर्ने गरेका छन् ।

उनको फर्ममा ८÷९ केजीका दरका ट्रकी पनि रहेका छन् । अहिले बजारमा ज्यादै माग भइरहेको वटाई पनि उनले पालेका छन् । मासिक २०० भन्दा वढी वटाईको विक्री गर्ने गरेका छन् भने उनले वटाईको अण्डा १२०० को हाराहारीमा जाने गरेको छ ।

उनले बनाएको फर्मबाट बचेको बाँकी जमिनमा बेमौसमी तरकारी लागाउन सुरु गरेका छन् । माछापोखरीसहित कृषिमा काम गर्न थालेका राई भन्छन् वैदेशिक रोगारबाट फर्किएर आएर स्वदेसमा स्थापित हुन समय लाग्ने रहेछ धेरै मेहेनत गरे विदेशमा भन्दा नेपालमा धेरै कमाई हुनेरहेछ ।

उनको फर्ममा अहिले ६ जनाले रोजगारी पाएका छन् । विदेशमा गएर बटुलेको अनुभवले स्वदेशमा आएर राम्रो काम गर्न सकिने र विदेशबाट ल्याएको पैसा अनउत्पादक क्षेत्रमा लगानी गर्नु भन्दा उत्पादक क्षेत्रमा लागनी गरेर दिगो आयआर्जनको अवसर सृजना गर्न सकिन्छ भन्ने राम्रो उदाहरण देखाउन पनि उनी लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्