चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा हेराल्ड विजयी

काठमाडौँ । हेराल्ड कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । बसुन्धारास्थित ऋत एकेडेमीमा भइरहेको बास्केटबलमा हेराल्डले प्रिमियरलाई ४०–२७ ले पराजित ग¥यो ।

हेराल्डका मुकेश मगर र मीनराज गुरुङले समान १३–१३ अंक जोडे । ब्वाइजमै टाइम्सले साउथ वेस्टर्नलाई ५३–११ तथा सीसीआरसीले एन्जल्स हर्टलाई ४७–१२ ले हराए । टाइम्सका सुजन लिम्बूले १९ तथा सीसीआरसीका सयुन राईले १२ स्कोर गरे ।

गल्र्समा सीसीआरसीले जुबिलियन्टलाई १७–१४ तथा साइपाल एकेडेमीले ग्रिनफिल्डलाई २९–१० ले निराश पारे । सीसीआरसीकी वर्षा कँडेलले ४ अंक जोडिन् ।

प्रतिक्रिया दिनुहोस्