मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइयो

मोरङ, ३० असोज । हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौ दिन आज मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजा सहित निस्किएको धार्मिक ¥यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न मन्दिरहरुको परिक्रमा गरेको थियो ।

यसैगरी मोरङको पुरानो सदरमुकाम रंगेलीमा पनि परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ । फूलपाती भित्र्याउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दशैघर स्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो ।

दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु, अदुवा, वेलपत्र, दारिम, अशोकको फूल लगायतका नवपत्रिका (फुलपाती) भित्रयाइने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्