कपडा बनाउन निस्किएकी महिलाको शव जंगलमा फेला

विराटनगर । जंगलमा एक महिलाको शव फेला परेको छ । मोरङको जंगलमा उनको शव शुक्राबार भटिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृत महिला जंगलमा माटोको ढिस्को लडेर बनेको खाल्डोमा फेला परेको थियो । झापाकी उनी काठमाडौँमा बस्दै आएकी थिइन् । शव फेला परेको ठाउँमा विषदीको गन्ध आएको प्रहरीले जनाए ।

मृतक महिलाको शरीरको बाहिरी भागमा भने कुनै प्रकारको चोट नभएकाे प्रहरीले जनाए । परिवारका सदस्यका अनुसार उनी साँझको समयमा कपडा बनाउन भन्दै निस्किएकी थिइन् ।

महिलाको शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई सूचना दिएको स्थानीय बताउँछन् । उनकको झोलाबाट बसको टिकट, दुई हजार भन्दा बढी पैसा र कुर्तासलवार भेटिएको प्रहरीले बताए । उक्त घटानाको बारेमा अनुसन्धान भइरहेको खबर प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्