सरकारको एक वर्षः जनमुखी काम गर्न सर्वसाधारणको सुझाव

काठमाडौं । महत्वकांक्षी योजना अघि सारेको सरकारको कामप्रति सर्वसाधारण खासै सन्तुष्ट छैनन् । सरकारको एक वर्ष पुरा भएको अवधिमा जनसरोकारका विषयलाई महत्व नदिइएको कतिपयको गुनासो छ । महँगी, भ्रष्टाचार नियन्त्रणमा सरकार सफल बन्न नसकेको टिप्पणी चौतर्फी सुन्न थालिएको छ । तर, केहीले प्रयास सकारात्मक रहेको पनि बताएका छन् ।

निर्वाचन ताका तत्कालिन एमाले र माओवादी केन्द्रले जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरे । सुविधाजनक बहुमत पाएको नेकपा सरकारको एक वर्षको काम सन्तोषजनक नरहेको सर्वसाधारणको टिप्पणी छ । ठूला महत्वकांक्षी योजनामा सरकार लागेको जस्तो देखिएपनि दैनिक जीवनमा प्रभाव पर्ने गरी काम हुन नसकेको आलोचना बढ्दै गएको छ ।

कतिपय योजना स्वागत योग्य भएपनि कार्यान्वनयको चुनौती कायमै छ । सरकारले केही नै नगरेको भने होइन, केही प्रयास सकारात्मक रहेको कतिपयको बुझाइ रहेको छ । महत्वकांक्षी योजनाका अलावा सर्वसाधारणको दैनिकीमा खास प्रभाव रहने गरी काम गर्न सुझाव दिनेहरु पनि कम छैनन् ।

प्रतिक्रिया दिनुहोस्