पछिल्लो एक वर्षमा २ लाख ७२ हजार ३ सय ८७ निजी आवास निर्माण

काठमाडौं । भूकम्प भएको चार वर्ष वित्नै लागेको छ । तर, तीन वर्षसम्म पुनःनिर्माणको गति सोचअनुसार हुन सकेन । पछिल्लो एक वर्षमा भएको सामान्य प्रगतिले भने निराशा हटाएको छ । स्थानीय तहका जनप्रतिनिधिले पनि सघाउन थालेपछि पुनःनिर्माणमा केही उत्साह देखिएको हो ।

पछिल्लो एक वर्षमा २ लाख ७२ हजार ३ सय ८७ निजी आवास निर्माण भएको छ । त्यसअघि यो संख्या ९७ हजार ८ सय १३ थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार हालसम्म ३ लाख ७० हजार २ सय १० वटा निजी आवास निर्माण भएको छ । एक वर्षको अवधिमा थप ६६ हजार ८ सय ७५ लाभग्राहीले पहिलो किस्ता र थप ३ लाख ३२ हजार ४ सय ५५ लाभग्राहीले दोस्रो किस्तावापतको रकम लिएका छन् । यस्तै, तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ३ लाख १४ हजार ५ सय २ ले बढेको छ ।

तीनै तहको निर्वाचन, सरकारसँगै फेरिरहने प्राधिकरणको नेतृत्व, नक्सा विवाद, अनुदान रकम र अन्य कारणले निजी आवाससँगै पूर्बाधार निर्माणमा ढिलाई भएको थियो । तर, पछिल्लो एक वर्षमा स्थानीय तहमा जनप्रतिनिधि आउनु, समयमा अनु्दान रकम निकासा हुनु र राजनीतिक स्थिरता बढ्नुले पुनःनिर्माणले गति लिएको प्राधिकरणको भनाइ छ ।
निजी आवास निर्माणतर्फ हालसम्मको प्रगति

एक वर्षको अवधिमा थप १ हजार ७२ वटा विद्यालय र १ सय ३२ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको छ । विगतमा राजनीतिक अबरोध र नक्सा विवादले सार्वजनिक क्षेत्रको पुनःनिर्माणले खासै गति लिन सकेको थिएन ।
पूर्बाधार निर्माणतर्फ हालसम्मको प्रगति
विवरण निर्माण सम्पन्न निर्माणाधिन लक्ष्य

सरकारले पुनःनिर्माणको कामलाई तिब्रता दिन स्थानीय जनप्रतिनिधीको सहयोग लिएको छ । प्राधिकरणको दावीअनुसार २ बर्षभित्रै पुनःनिर्माणको सवै काम सकिने छ । प्राधिकरणको समयावधि पनि करिब दुई वर्ष मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्