सरकारको गन्तव्य सही दिशामा गए पनि केही कमजोरी देखियोः सभामुख महरा

  • तारा आचार्य,

विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले सरकारको गन्तव्य सही दिशामा गएपनि केही कमी कमजोरी देखिएकाले सच्याएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

शनिवार विराटनगरमा सञ्चारकमीसंग सभामुख महराले प्रतिनिधि सभाबाट संविधानसंग बाझिएका कानुनहरु संशोधन गरिरहेको र सरकारले प्रतिनिधि सभालाई बिजिनेश दिईरहेको जानकारी दिनुभयो ।

उहाँले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरु यसै अधिवेशनबाट संशोधन गर्ने बताउदै अत्यावश्यक बाहेकका कानुनहरु अर्को अधिवेशनबाट संशोधन र निर्माण गरिने पनि प्रष्ट पार्नुभयो ।

सरकारलाई के सुझाव छ भन्ने प्रश्नको जवाफमा सभामुख महराले दुई महिना पछि बजेट अधिवेशन शुरु हुने र सरकारले नीति तथा कार्यक्रम पनि ल्याउने भएकाले यस वर्षको समीक्षा गर्दै अग्रगामी र संघीयता कार्यान्वयन गर्ने कार्यक्रमहरु ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्