‘गाडी स्पिड एक सयको रफ्तारमा’ लिएर आए यमन माझी र संगीता अधिकारी (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार यमन माझीको नयाँ दोहोरी गीत सार्वजनिक भएको छ । गायक माझी र संगीता अधिकारीको आवाजमा रहेको ‘गाडी स्पिड एक सयको रफ्तारमा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतलाई यमन माझीले संगीतबद्ध गरेका छन्, भने लक्षु प्रकाशले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा अर्जुन खड्का र रीना थापा मगरका अभिनय रहेको छ । भिडियोलाई आर.आर.सिम्खडाको कोरियोग्राफीमा संगीता अधिकारीले निर्माण गरेकी हुन् ।

विस्तृतमा यमन माझीः

माझी समूदायमा ‘किङ’को रुपमा चिनिने यमन माझीले दर्जनौं गीतहरु बजारमा ल्याइसकेका छन् । त्यस्तै उनले दर्जनौं गीतहरुमा संगीत भरेका छन्, भने दर्जनौं गीतहरुमा मोडलिङ समेत गरिसकेका छन् । साथै आफ्नै निर्देशनमा केही गीतहरु पनि दर्शकमाझ ल्याइसकेका छन् ।

यमन माझीको परिचय यतिले मात्रै पुग्दैन । उनी गायक, संगीतकार तथा गीतकार मात्रै नभएर एक अभिनेता पनि हुन् । यमन माझीले फिल्म ‘एक्स्ट्रा माया’ बाट आफ्नो फिल्मी करियरलाई पनि सुरु गरिसकेका छन् । अहिले नयाँ फिल्ममा काम गरिरहेको पनि यमन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्