सुनसरीको सीमावर्ती गाउँहरुलाई भारतसंग जोड्ने सडक धमाधम बन्दै

१.कोशी कटानमा मेघा प्रोजेक्ट

सुनुसरी । कोशीले आफ्नो कहर देखाउँदा धेरै उर्वर भूमिहरु मरुभूमिमा परिणत हुन पुग्यो । वालुवाले भरिएर बाँझो बनेको त्यस्ता जमिनहरुमा अब प्रदेश एक सरकारले बिभिन्न रचनात्मक कामहरु गर्न थालेको छ । करीब २० विगाह खेर गएको जमिनमा प्रदेश एक सरकारले मेघा प्रोजेक्ट अघि सार्दा यस क्षेत्रमा नौलो उत्साहको सञ्चार भएको छ ।

४० देखि ६० करोडको हाराहारीमा प्रदेश सरकारले निर्माण गर्न लागेको रिफ्रेसमेन्ट सेन्टर मुलुककै नमुना बनाउने लक्ष्य प्रदेश सरकारको छ । पूर्वबाट पश्चिम जाने र पश्चिममा पूर्व आउने सवारी साधनले अनिवार्य रोक्नु पर्ने यो रिफ्रेसमेन्ट सेन्टरमा होटल तथा रेष्टुरेण्ट, आयल सेन्टर , ग्यारेज, स्विमिङ पुल, बगैँचा, पार्किङ स्थल, अवलोकनकालागि भ्यू टावर सहित प्रहरी चौकी जस्ता संरचना निर्माण हुने छन् । खेर गएको जमिनमा सुरु गरिएको यो उर्जावान कार्य बास्तवमा प्रतीक्षा लायक बनेको छ ।

२.साइकल क्रेज

उदयपुर । साइक्लिङका लागि नेपालको भौगोलिक वनावट उत्तम मानिएको छ । साइक्लिङ तर्फ बढ्दो रुची राख्नेहरुका लागि नेपालका बिभिन्न स्थलहरु आकर्षक गन्तव्य स्थल बन्दै गर्दा उदयपुरले पनि यो सम्भावनालाई उजागर गरेको छ । स्वास्थ्य र शारीरिक व्यायामका रुपमा मात्र नभइ साहसिक खेलकोरुपमा पनि साइक्लिङले नेपालमा देखाएको सम्भावनाले विश्व जगतकै ध्यान तान्दै गएको छ ।

यसपटक उदयपुरमा आयोजित साइलक यात्राले पनि स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावनाको ढोका पनि खोलेको छ । पूर्व प्रधानसेनापति देखि स्थानीय तहका जनप्रतिनिधिहरुको समेत सहभागितामा आयोजित साइकल ¥यालीलाई राइड टु कोशी टप्पुको नाम पनि दिइएको थियो । यस्ता साइकल ¥याली आन्तरिक पर्यटकलाई मात्र नभइ वाह्य पर्यटकहरुलाई पनि नेपालमा साइक्लिङ गर्न आकर्षण थप्ने सम्भावना बढाएको छ ।

३.सडक निर्माण

सुनसरी । नेपाल र भारतको सीमावती स्थलहरुमा निर्माण हुन थालेको सडक दुई देशबीचको सम्बन्धको सेतु पनि मानिन्छन । खुला सीमानाका कारण दुबै देशका वासिन्दाहरु सीमावर्ती शहरहरुमा निर्भर रहदै आएका छन् । तर नेपालतर्फ आवश्यक सडक नहुँदा समस्या भोगिरहेका सुनसरीका सीमावर्ती गाउँहरुका वासिन्दाका लागि भने अब राहत मिलेको छ ।

भारततर्फको विहार राज्यमा पर्ने बिभिन्न शहरहरुसंग जोड्ने सडकहरु धमाधम बन्न थालेपछि नेपालतर्फका सीमावर्तीवासीहरु हर्षित मात्र बनेका छैनन्, साह«ो गाह«ो पर्दा पनि सडकले सुविधा दिने भो भन्दै थप हर्षित समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्