बुढासुब्बा गोल्डकपः आयोजक धरान यसपटक पनि अभागी सावित

  • सन्तोष काफ्ले,

सुनसरी, ४ फागुन । आयोजक धरान फुटवल क्लवलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी क्लव दाउफिन्स एफसीले २१ औ बुढासुब्बा गोल्डकपको उपाधि उचालेको छ । उपाधिसंगै दाउफिन्सले नगद ८ लाख ट्रफी तथा प्रमाण पत्र हात पारेको छ । विजेता टिमलाई प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधनराईले ट्रफी प्रदान गर्नुभयो । चार पटकको उपविजेता आयोजक धरान फुटबल क्लव गोल्डकपको पाँचौ पटक पनि उपविजेता चित्त बुझाएको छ । उपविजेता धरानले नगद ४ लाख प्रमाण पत्र र ट्रफीमा चित्त बुझायो ।

१२ वर्ष पछि फाइनल पुगेको धरान शनिबार धरान रगशालामा भएको फाइनलमा पहिलो पटक गोल्डपका सहभागी पाहुना टोली क्यामरुनी क्लव दाउफिन्स एफसीसंग टाइब्रेकरमा ३ ÷ २ गोलले पराजित हुदै उपाधिविहीन यात्रालाई कायम राखेको हो ।

दाउफिन्सको लागि जो एन्गोला , पेटन्गा र यानिक ओवनाले टाइवे्रकरमा गोल गर्दा एक्वोना र वियिक वियिकको प्रहार भने आउट भएको थियो । धरानका लागि दोर्जे तामाङ र प्रकाश बुढाथोकीले गोल गर्दा योगेश राईको प्रहार आउट भयो भने हेमन्त थापामगर र मिलन राईको प्रहार दाउफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले रोके पछि धरान पुनः उपविजेतामा सीमित बनेको हो ।
उप विजेता धरानले व्यक्तिगत स्कोरमा भने कक्जा जमायो ।

रानका मनोज राई वेष्ट डिफेन्स हँुदा हेमन्त थापा मगर वेष्ट मिड फिल्डर हुदै नगद २५ – २५ हजार पाए । वेष्ट स्ट्राइकर धरानका मिलन राई हुँदै २५ हजार पाए भने सर्वोत्कृष्ट खेलाडी हुदै धरान डिफेन्स विष्णु सुनुवार डियो स्कुटी पाए । फाइनल खेलको म्यानअफ दि म्याच धरानका गोल रक्षक विनय श्रेष्ठ घोषित हुँदै नगद १५ हजार पाए ।

गोल्डकपको २१ औ संस्करणमा २ गोल गरेका दाउफिन्सका एन्जामा यानिकले सर्वाधिक गोलकर्ताको उपाधिसंगै नगद ३५ हजार पाए भने दाउफिन्सका औरेल इनामीले वेष्टकोचको उपाधिसगै नगद २५ हजार पाए भने उत्कृट गोल किपरको उपाधिसंगै दाउफिन्सका गोल रक्षक प्रीसो एन्जङ्गाले नगद २५ हजार पाए ।

प्रतिक्रिया दिनुहोस्