जग्गा विवादले जीपी फाउण्डेशनको उद्घाटन कार्यक्रमस्थल परिवर्तन

पर्सा । ६ महिनादेखि नेपाली कांग्रेसले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापना गर्न लागेको जीपी कोइराला फाउन्डेसन वीरगंजको उद्घाटन विवादमा परेको छ । शनिवारका लागि निर्धारण गरिएको कार्यक्रममा वीरगञ्ज महानगरले निर्धरित स्थलमा कार्यक्रम गर्न रोक लगाएपछि कार्यक्रम प्रभावित हुनुका साथै महानगर र फाउण्डेशनको विवाद सतहमा आएको छ ।

कार्यक्रम स्थान र समयसहित शनिवार गिरिजाप्रसाद कोइराका फाउण्डेशनको उद्ुघाटन कार्यक्रम गर्ने तयारी गर्दै गर्दा फाउण्डेशनका अध्यक्ष महम्मद सहाबुदिन र महानगरको जग्गा विवादले कार्यक्रम रोकिन पुगेको छ । कार्यक्रम भन्दा तीन दिनअघि महानगरले जग्गाको स्वामित्व वीरगंज महानगरसँग भएकोले वीरगंज–१० आदर्शनगरस्थित पानीट्यांकी नजिक रहेको किता नं ८१७ को १८ र ५३ नं को १ विघा क्षेत्रफल भएको जग्गामा कुनै प्रकारको कार्यक्रम वा फाउन्डेसनको उद्घाटन नगर्न भनिएको छ ।

खासमा १ कठ्ठा जग्गा अरुण कुमार अग्रवालले वीरगंज ३ छपकैया निवासी नजमा बेगमलाई बिक्रि गरेका थिए । बेगमका श्रीमान जीपी फाउण्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुदिनले भवन निर्माण जीपी फाउण्डेशनको कार्यालय स्थापना गर्न कार्यक्रम तय गरेपछि वीरगंज महानगरले रोक लगाएको छ ।

तर, अध्यक्ष महम्मद शहाबुदिनले प्रदेश नं २ मा मधेश केन्द्रित दलको सरकार भएकाले कांग्रेसमाथि प्रहार गर्न वीरगंज महानगरपालिकाले बखेडा गरेको आरोप लगाएका छन् । यता, पर्साका कांग्रेस सभापति भने पूर्वाग्रह राखेर कार्यक्रम गर्न रोक लगाइएको आरोप लगाएको छ ।

यता, फाउण्डेशनले आफ्नो भन्दै आएको जग्गाको स्वामित्व आफूसँग रहेको महानगरको दावी छ । अदालतमा मुद्दा दिएको र सोही मुद्दाको सम्बन्धबाट काम रोक्न परमादेश भइसकेकोले कार्यक्रम हाललाई नगर्न भन्दै निर्देशन दिइएको महानगरले स्पष्ट पारेको छ ।

जग्गाको विषयलाई नै लिएर फाउण्डेशन उद्घाटन रोक्न नमिल्ने भन्दै कांग्रेसले वीरगञ्जको र्आशनगर स्थित बालमन्दिरको प्रागंणमा आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्