कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था

काठमाडौं । बैंकहरु आक्रामक हुँदा ३ वर्षमा गरे १३ खर्ब ७८ अर्ब लगानी भएको छ । ३ वर्षमा कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो ३ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले १३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्था आक्रामक हुँदा ठुलो रकम कर्जा प्रंवाह हुन पुगेको हो । २०७२ साल असारसम्म बैंकको कर्जा विस्तार १३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । कर्जाको माग बढेपछि बैंकहरु आक्रमक रुपमा लगानी गर्दा बढेको हो । बैंकिङ प्रणालीमा अझै ५०० अर्ब रुपैयाँ कर्जाको माग रहेको बैंकरहरुले बताएका छन् । ३ वर्षमा कर्जा लगानी दोब्बर बढेपछि बैंकिङ प्रणालीमा असहज अवस्था आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७२ सालसम्मको कर्जा विस्तार ३ वर्षमा दोब्बर भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा निक्षेप परिचालन २० दशमलव २ प्रतिशत बढ्दा कर्जा विस्तार २३.३ प्रतिशत रहेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार ३ प्रतिशत बढी रहेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ । गत पुससम्म २७ खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी भएको छ । यस्तै ३० खर्ब ६६ अर्ब ५३ करोड रुपैयाँ निक्षेप परिचालन भएको छ ।

बैंकहरु कर्जा विस्तारमा आक्रमक हुँदा पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७७ प्रतिशतमा पुगेको उनले सुनाए । अधिकाँश बैंक तथा वित्तीय संस्था कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । केन्द्रीय बैंकले ०.७५ प्रतिशत सम्पत्तिम हुने प्रतिफल हटाएपछि अहिले आधारदर औसत ९.८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्