मानव तस्करीको हब ‘दिल्ली’बाट ‘सीधाकुरा’ लाइभ, होटलमा छापा–नेपाली चेलीहरुको उद्धार (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३४१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोड छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. मानव तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल–दिल्ली ट्रान्जिट इराक र गन्तव्य लिविया !
दिल्ली । काठमाडौं नजिकका जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट र धादिङबाट ३० जनाको संख्यामा नेपाली चेलीहरु इराक, लिविया, ओमन र कुवेत जस्ता देशहरुमा लग्दै गरेको सुचना ‘सीधाकुरा टिम’लाई आयो । उनीहरुलाई दिल्ली हुँदै ती मुलुकमा पु¥याउन लागेको सुचना पाएपछि हाम्रो टिम दिल्ली पुगेको छ ।

हामीले यस अघि नै दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधि नविन जोशीलाई साथमा लिई नेपाली चलीहरुलाई राखिएको सम्भावित ठाउँहरुमा जाने योजना बनायाँै र हामी दिल्ली महिला आयोगको कार्यालयमा पुग्यौं ।

२. दिल्ली नेपाली मानव तस्करीको अखडा बन्दै, नेपाली दुतावास मौन
दिल्ली । महिपालपुरको सोल्टी होटल एण्ड लजमा खाडी मुलुक लान एजेन्टहरुले राखेका महिलाहरु भेटिए र उनीहरुको उद्धारका लागि दिल्ली महिला आयोगले काम पनि सुरु ग¥यो । ७ बजे को समयमा दिल्ली प्रहरी, दिल्ली महिला आयोग, केआई नेपाल र हाम्रो टिम एकै साथ पहाडगञ्ज र महिपालपुर एकै पटक ७ बजे छापा हान्ने योजना थियो ।

महिलालपुरमा ठीक समयमा हाम्रो टिम पुग्यो दलालहरुले होटलमा राखेका महिलाहरुलाई पनि भेट्यौं । तर दिल्लीको पहाडगन्जका नेपाली होटलहरुमा राखिएका महिलाहरु भने भेटिएनन् । दुई ओटा होटलहरु वेलकम र स्काई भ्युमा छापा हान्दा कोही पनि भेटिएन् ।

प्रतिक्रिया दिनुहोस्