युट्युवमा चर्चा बटुल्दै पल र आँचलको ‘घरबारमा’

काठमाडाैं । गायक कृष्ण कार्की र बिन्दु परियारको स्वरमा रहेको ‘घरबारमा’ बोलको गीत यतिखेर चर्चामा रहेको छ । युट्युब मार्फत सार्वजनिक गीत ट्रेन्डिङमै रहेको छ । गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ ।

अहिलेका हिट जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन्।

युवापुस्तालाई लक्षित गरी सार्वजनिक गरिएको गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा आशावादी रहेको गायक कार्कीले बताएका छन् । उनले गायनमा भविष्य खोज्दै पहिलो सांगीतिक कोसेली दर्शक स्रोतामाझ ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्