‘रमाइलो साँझ’ लिएर आए गायक विकाश राई (भिडियो)

काठमाडौं । गायक विकाश राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईले ‘रमाइलो साँझ’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।

सुसन माझीको शब्दलाई अम्बर तुम्बापो सुब्बाले कम्पोज गरेका छन्, भने विनय केटुले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोलाई आश्मा लामाले निर्माण गरेकी हुन् । गायक राई र वाली थिङ्गको अभिनय रहेको गीतको भिडियोलाई सञ्चारकर्मी राजिव के श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियोलाई चित्र मास्की मगरले छायाङ्कन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्