हिमपातका कारण बन्द सडक एक महिना वितिसक्दा पनि खुलेन्, दैनिक उपभोग्य सामग्रीको अभाव बढ्दै

  • दान बहादुर बुढा,

मुगु । गत माघ महिनाको एक–दुई गते परेको भारी हिमपातका कारण बन्द भएको नाग्म गमगढी सडक एक महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यसरी सडक सञ्चालनमा आउन नसक्दा मुगु जिल्लाको सदरमुकाम गमगढी बजार र अन्य सहायक बजारमा दैनिक उपभोग्य सामग्री लगाएत अन्य सामानको अभाव हुन थालेको छ ।

विगतका वर्षहरु भन्दा यो वर्ष लगातर एक महिनासम्म हिउ पर्दा मुगु र जुम्लाको बीचभाग घुच्ची लेखमा बाक्लो हिमपातले सडक बन्द हुँदा मुगु जिल्लामा दैनिक उपभोग्य सामग्रीनहरु डिजल, पेट्रोल, ग्याँस, बिकास निर्माणका सामग्रीहरु सकिदा अभाव भएको छ । केही दिन भित्र सडक सञ्चालनमा नआउने हो भने भने महंगी, कालो बजारी मोलाउन सक्ने स्थानीय व्यापारी सुरेन्द्र बहादुर रावलले बताएका छन् ।

हिमपातले सडक बन्द हुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्य सामान, बिकास निर्माणका सामान, डिजल, पेट«ोल, ग्याँस ल्याएर आएका माल बाहक गाडीहरु कालीकोटको नाग्म, मात्मा बजार र जुम्लाको सिन्जा, गोठीज्यूला, नराकोट, भुलभुलेमा थन्किएका छन् ।हिउँ नपर्दै पहिला मुगु आएर गमगढी बजारमा साना–ठूला, मालबाहक गाडी, प्यासेन्जर बस, २ दर्जन भन्दा बढी थन्किएका छन् ।

हिमपातले सडक बन्द हुँदा एक महिनाबाट गमगढी बजारमा रोकिएका, गाडीको किस्ता तिर्ने समय गइसकेको छ । होटलमा खाादा बस्दा २०–२५ हजार तिर्नु पर्ने अवस्था आइसकेको छ । कुनै पनि सरोकारवाला निकायबाट बन्द सडक सञ्चालनको लागि पहल नभएको बस चालक डम्बर खत्री बताउँछन् ।

सडक डिभिजन कार्यालयमा समन्वय गरी हिउँ फाल्नको लागि सडक डिभिजन कार्यालयबाट डोजर आएर काम गरिहरेको भएता पनि पुन हिउँ पर्दा सडक बन्द हुन्छ । २–४ दिनभित्र बन्द सडक सञ्चालनमा आउने मुगु उद्योग वाणिज्य संघका सचिव मान बहादुर बुढाले बताएका छन् ।

यता जिल्ला प्रशासनले भने हिमपातका कारण बन्द हुन पुगेको सडक सञ्चालनको लागि नियमित पहिल भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्