घर भाडा खोज्ने वहानामा चोरीमा संलग्न युवतीहरु सुनसरी प्रहरीको फन्दामा

सुनसरी, ३० असोज । मानिसका स्वभाव अनेक हुन्छन् । स्वभावसँगै मानवीय व्यवहार पनि फरक र भिन्न छन् । इटहरी ५ घर भएकी रीता विश्वकर्मा त्यस्ती युवती हुन् । जो एक वर्षयता चोरीका १४ वढी घटनालाई संलग्न रहेको पाइएको छ । वर्षदिनको अवधिमा ठूला साना गरी १४ वटा चोरीका घटनामा संलग्न विश्वकर्मा स्वयं मूख्य योजनाकार हुन र आफैं चोरीको कार्यमा संलग्न हुँदै आएकी थिइन् ।

घर भाडा खोज्ने बहानामा मौका छोपी गरगहना र रकम लुट्दै आएकी विश्वकर्मालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी उनीसँगै बरामद भएका विभिन्न गरगहना समेत सार्वजनिक गरी घटना विवरणबारे जानकारी दिलाएको छ । प्रहरीले रीता मात्रै नभएर सोही प्रवृतिको अर्को भिन्न घटनामा संलग्न पूजा भनिने लक्ष्मी श्रेष्ठलाई समेत पक्राउ गर्न सफल भएको छ ।

जसले भारतबाट लागूऔषध ओसारेर काठमाडौंमा सप्लाई गर्ने समूहकी प्रमुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् । काठमाडौंका पाटीले सोझै पैसा भारतमा रहेका एजेन्टलाई पठाउने र जोगबनी हुँदै भित्रिएको लागुऔषधलाई काठमाडौं सप्लाई गर्ने रीता मूख्य पात्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ । प्रहरीले पछिल्लो केही समययता हात पारेको सफलता र चुनौतीका बारेमा समेत जानकारी दिएको छ । सोही क्रममा पक्राउ परेका विभिन्न मुद्धाका फरार अभियुक्तहरु समेत सार्वजनिक गरिएको थियो । सुनसरी प्रहरीले जिल्लामा यतिबेला विशेष सुरक्षा योजना लागु गरेको छ ।

चाडबाडसँगै बढ्न सक्ने आपराधिक गतिविधि नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी लागि परेको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीको भनाई छ । सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग खुला सीमा जोडिएको छ । जिल्ला अतिसंवेदनशील त छँदैछ । लागुऔषध कारोबारीका हिसाबले सुनसरी मुलुककै दोस्रो ठूलो ट्रान्जिट पोइन्टका रुपमा रहेको छ । जसलाई चिर्न सुनसरी प्रहरी विशेष अभियान थालनीको आन्तरिक रणनीतिमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्