पुख्र्याैली नाच संरक्षण्मा म्याग्दीबासी सक्रिय, सरकारी सहयोग नपाएको गुनासो

म्याग्दी । पुख्र्यौली नाच संरक्षण्मा म्याग्दीबासी सक्रिय भएका छन् । पुर्खाले भाषा, वेशभुषा, संस्कार र रीतिरिवाज हस्तान्तरण गरेपनि विस्तारै पश्चिमा संस्कृतिका कारण पुख्यौली नाच लोभ हँुदै जान थालकोे थियो । अहिले पहिचान जोगाउन भन्दै बालबालिकादेखि बृद्ध–बृद्धासम्म पुख्यौली नाच जोगाउन कस्सिएका हुन् ।

जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारसहित मेलापर्व, उत्सव र स्वागत–सम्मानमा पुख्यौली समुहको उपस्थिती हुन्छ । मृत्यु संस्कारमा गाउने समूह सक्रिय भएपनि नाचलाई भने कम प्राथमिकता दिने गरिएको छ । म्याग्दीको सहरबजारदेखि दुर्गम बस्तीसम्म छरिएर बसोबास गर्दै आइरहेका मगर, छन्त्याल, गुरूङ समुदायले पुर्खाको पालादेखि गाईदै र नाचिँदै आएको परम्परा निरन्तरता दिँदै ब्यक्तिगत उत्सवदेखि सामाजिक अभियानमा पुख्यौली नाच लिएर पुग्छन् ।

सहभागिता, गीत, संगीत, अभियन, शैली र उद्देश्य गरी सात तत्व भएको नाचमा सहभागि खुलेर प्रस्तुत हुन्छन् । पुख्यौलीलाई सोरठी, मादले मारुनी, मारूनी, सरस्वती उतार्ने, सेदो पुर्नेलगायत नामबाट पनि चिनिन्छ । सामुहिक भएकाले यो नाचमा मुख्य मादले, मादले, मारुनी, हँस्यौली पात्र र गायक मण्डली हुन्छन् । पुर्खाले सन्ततीलाई उपहार दिएको सन्देश फैलाउन अहिले नृत्य समूहले ब्यक्तिगत र सार्वजनिक कार्यक्रममा सहभागीता बढाउन थालेको छ ।

दुख–सुख र माया पिरतीको विषयबस्तु प्रस्तुत गरिने भएपनि नाचको सुरुवातमा देवी–देउताको नाम लिइन्छ । नाचकै अवधीमा केहीलाई सरस्वती पनि उत्रिन्छन् । स्थानीय बुढापाका स्कुले बालबालिकाबाटै पुख्यौली नाचको जर्गेना गर्नुपर्नेमा जोड दिन्छन् ।

यस्ता पुराना कला र संस्कृतिलाई जर्गेना गर्ने अभियानमा सरकारी निकायले भने ध्यान दिएका छैनन् । समुदायकै सहयोग र सक्रियतामा सयौं बर्ष पुराना नाचको जर्गेना गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्