स्कूलबसको रंग पहेंलो हुने चलन अमेरिकाबाट थालियो

काठमाडौं । विद्यार्थीका लागि विद्यालयका नियम र पोशाक आ–आफ्नै किसिमको हुन्छ । तर, सबै विद्यालयका बसको रङ पहेँलो हुन्छ । विद्यालयका बसको रङ पहेलो हुने अमेरिकाबाट सुरु भएको चलन हो ।

स्कूलबसमा पँहेलो रङ लगाउने चलन अमेरिकाबाट सुरु भएको थियो । सन् १९३९ अर्पिलमा एक सम्मेलनको आयोजना गरिएको थियो जहाँ अमेरिकाको ४८ राज्यका शिक्षक र यातायात व्यवसायी उपस्थित थिए । सो सम्मेलनमा डाक्टर फ्रान्क साइरले स्कुलबसको रङ पँहेलो हुनुपर्ने बताएका थिए । सम्मेलनमा यसको फाइदाको विषयमा पनि चर्चा भएको थियो, जसलाई सबैले स्वीकार गरेका थिए ।

त्यसैले डाक्टर फ्रान्क साइरलाई फादर अफ यल्लो स्कूल बस पनि भनिन्छ । साइरका अनुसार पँहेलो रङमा कुनै कालो रङको अक्षर वा संकेत स्पष्टरुपमा देख्न सकिन्छ । धेरै अँध्यारो भएको अवस्थामा पनि यसमा लेखिएको अक्षर स्पष्ट देख्न सकिन्छ ।

पँहेलो रङ मानिसको दिमागले सबैभन्दा छिटो चिन्न सक्छ र पहेलो रंगलाई मानिसको दिमागले रातोभन्दा पनि पहिला पहिचान गर्न सक्छ । जसको कारण स्कुलबसमा पँहेलो रङ प्रयोग गर्न थालिएका मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्