निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको माग गर्दै धर्नारत रहेका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् । गत कात्तिक २५देखि हत्याराको पहिचान र कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको गेटअगाडि २४ घण्टे धर्ना गरेका उनीहरुले नियमित धर्नाको कारणबाट स्वास्थ्यमा समस्या बढ्दै गएपछि धर्ना रोक्नुपरेको बताएका छन् ।

धर्नाकै क्रममा रहँदा केही समयअघि निर्मलाका बाबु यज्ञराजले मानसिक सन्तुलन गुमाएका थिए त्यस्तै कान्छी आमा लक्ष्मीको पनि टाउको दुख्ने शरिर सुन्निने समस्या बढ्दै गएको छ ।१०० दिन बढीको लगातारको धर्ना बसिसक्दा समेत निर्मला हत्यारा पत्ता नलाग्नुले अन्यौल र थकित निर्मलाका अभिभावकको पछिल्लो समय स्वास्थ्य बिग्रँदै गएपछि तत्काललाई धर्ना स्थगित गरिन लागिएको हो ।

निर्मला हत्याबारे नजिकबाट नियालिरहेकी र साथ दिंदै आएकी अधिकारकर्मी शारदा चन्दले बताएअनुसार लामो समय धर्ना बस्दा पनि ठोस परिणाम निस्कन नसकेपछि धर्ना रोक्नुपरेको बताइन् ।

कञ्चनपुर उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको शब गत साउन १० गते बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्