यस्तो बनेर आयो प्रोफेसर बिनोद यादवको ‘मिठो छ तिम्रो बोली’

काठमाडौं । बिगत लामो समयदेखि नेपाली शिक्षण पेशामा लागिरहेका प्रोफेसर बिनोद यादव अब भने नेपाली सांगीतिक आकाशमा उडान भर्दैछन् ।

यादव यति बेला नेपालका विभिन्न शिक्षण संस्थामा सफल रुपमा अध्यापन र त्यसको संचालन गरिरहेका छन् । माया र प्रेमको भावनाले भरिएको ‘मिठो छ तिम्रो बोली’ बोलको मार्फत प्रोफेसर बिनोद यादव गायन क्षेत्रमा होमिएका हुन् ।

यादवको नै शब्द, र संगीत रहेको गीत ‘मिठो छ तिम्रो बोली’ को भिडियोमा समेत उनी आफै देखिएका छन् । राजन इशानको संगीत संयोजन रहेको गीत निकै सुमधुर बनेको छ । नायिका जेबिका कार्कीसंगको उनको रोमान्स पर्दामा उतार्ने काम भने निर्देशक दिपेन्द्र केसीले गरेका छन् ।

गायक बिनोदकै आफ्नो यु ट्युब च्यानलमा यो म्युजिक भिडियोलाई देख्न सकिनेछ । सार्बजनिक गीत ‘मिठो छ तिम्रो बोली’ भिडियोमा शिवराम श्रेष्ठको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्