यस्तो पनि आमा– जसले सात वटा जीवित शिशु जन्माइन् !

एजेन्सी । इराककी एक २५ वर्षीया महिलाले एकैसाथ सात वटा शिशुहरु जन्माएकी छन् । उनले एकैसाथ ६ छोरी र एक छोराको जन्म दिएकी हुन् । विश्वमै यो पहिलो घटना भएको बताइएको छ । पूर्वी इराकको दियाली प्रोविन्सको एक अस्पतालमा ती महिलाले एकैसाथ सात शिशुको जन्म दिएकी हुन् ।

अस्पतालले जनाए अनुसार ती महिलाको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ, भने ती सात वटै बच्चाहरुको स्वास्थ्यवस्थामा पनि सुधार आइहरेको छ । तर अहिलेसम्म सात वटा शिशुको जन्म दिने आमा नाम भने सार्वजनिक गरिएको छैन ।

स्थानीय स्वास्थ्य विभागका एक प्रवक्ताले सबै बच्चा र आमा स्वास्थ्य छन् । ती शिशुहरुको बुबा युसेफ फैदलले भने परिवार बढाउने योजना बनाएका थिएनन् । तर अब भने उनले १० वटा बच्चाहरुको हेरचाह गर्नुपर्ने भएको छ ।

यस्तै घटना लेवनानको एक अस्पतालमा पनि भएको थियो । तर त्यहाँ भने एक महिलाले ६ वटा शिशुहरुलाई जन्म दिएकी थिइन् । जहाँ तीन छोरा र तीन छोरी थिए । सात वटा बच्चाहरु जिवित जन्माइएको घटना यो विश्वमै पहिलो पटक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्