डीपीएल–३ः बिराटनगरलाई १० रनले हराउँदै सिवाइसी अत्तरिया प्लेअफमा

  • हरिशजङ्ग क्षेत्री,

धनगढी, ६ फागुन । कैलाली र धनगढी प्रिमियर लिग डीपीएलमा सिवाइसी अत्तरियाले बिराटनगर किङ्ग्सविरुद्ध १० रनको उत्कृष्ट जित निकाल्दै प्लेअफमा पुगेको छ ।

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा जारी धनगढी प्रिमियर लिग तेस्रो सिजनमा सोमबारको भएको दोस्रो खेलमा घरेलु टोली अत्तरियाले बलिङ र ब्याटिङ मार्फत उत्कृष्ट खेल पस्किदा बिराटनगरलाई हराउँदै प्लेअफमा स्थान बनाएको छ ।

अत्तरियाले प्रतियोगिताकै उच्च स्कोर बनाउने क्रममा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगर किङ्ग्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनमा समेटिदा १० रनको हार व्यहोर्न पुग्यो ।

यो संगै बिराटनगर प्रतियोगिताबाट बाहिरिएको छ । ब्याटिङ तर्फ बिराटनगरका आसिफ शेखले सर्वााधिक ३९ रनको योगदान दिदा पृथु बास्कोटाले २७ रनको योगदान गरे । त्यस्तै अभिनास यादवले १४ रन जोड्दा कप्तान करण केसीले १२ रन जोडेर आउट हुँदा पराजय व्यहोर्नु पर्यो ।

बलिङतर्फ सिवाइसी अत्तरियाका दीपेन्द्र रावल उत्कृष्ट बलिङ गर्दै बिराटनगरका ३ विकेट चट्काउदा भुवन कार्कीले पनि ३ प्राप्त गर्दा दिपेन्द्र सिह ऐरीले एक विकेट प्राप्त गरे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको काठमाडौं गोल्डेन्सले २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियोे । कैलालीको फाप्ला स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको टि २० प्रतियोगितामा अत्तरियाले प्रतियोगिताको उच्च स्कोर बनाउने क्रममा उसका बिदेशीहरुले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

सन्नी पटेलले ३१ बलमा आक्रामक पारी खेल्दै ५ चौका र ४ छक्काको मद्दतले नटआउट ६१ रनको अर्धशतकीय योगदान दिदा जयकिसन कोल्सावालाले पनि नटआउट ५१ रनको अर्धशतक बनाए भने जितेन्द्र सिह ठकुरीले १३ रन, कप्तान दिपेन्द्र सिह ऐरी १० रन बनाउदा सन्दीप जोराले ३ रन बनाउदै आउट भएका थिए ।

९ दशमलव ३ ओभरमा ५३ रनको स्कोरमा पहिलो विकेट गुमाएको अत्तरियाले ५७ रनको स्कोरमा दोस्रो र ७९ रनको स्कोरमा कप्तान दिपेन्द्र ऐरीको रूपमा तेस्रो विकेट गुमाएको थियोे । बलिङतर्फ बिराटनगर किङ्ग्सका सुसन भारी र सम्साद शेखले एक र एक विकेट प्राप्त गर्दा अत्तरियाका ब्याट्सम्यानहरुले बिराटनगरका बलरहरुलाई धुलाई गरेका थिए ।

म्याच चेन्जर अत्तरियाका दिपेन्द्र रावतले अवार्ड पाउदा, किलियर क्याचको अवार्ड बिराटनगरका असदुल्ला खानले पाउदा आजको खेलमा म्यान अफ दि म्याचको अवार्ड अत्तरियाका सन्नी पटेलले प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्