धनगढी प्रिमियर लिग डीपीएलको प्लेअफमा रुपन्देही, अत्तरिया, महेन्द्रनगर र काठमाडौं

  • हरिशजङ्ग क्षेत्री,

धनगढी, ६ फागुन । कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग तेस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ ।

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी स्थित प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदानमा चलिरहेको देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रीमियर लिगमा सोमबार भएको दोस्रो खेलमा सीवाइसी अत्तरियाले बिराटनगर किङ्ग्सलाई १० रनले हराउँदा लिगको एक खेल अगावै प्लेअफको समीकरण पूरा भएको हो ।

डीपीएलको प्लेअफमा रुपन्देही च्यालेन्जर्स, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड पुगेका छन ।
सीवाइसी अत्तरियाले बिराटनगरलाई १० रनले पराजित गर्दै बिराटनगर किङ्सको प्लेअफमा पुग्ने सम्भावनामा अंकुश लगाएको थियोे । बिराटनगरको हारसंगै भाग्यमानी साबित हुँदै महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको छ ।

आजै भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढीलाई हराउँदा प्रतियोगिताबाट बाहिरिदै जारी प्रतियोगितामा धनगढी स्टार्सले एउटा पनि खेल जित्न सकेन ।

धनगढी प्रिमियर लिगको तेस्रो सिजनको लिग चरणको अन्तिम खेल भोलि काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्नेछन ।

प्लेअफका खेलहरु फागुन ८ गतेदेखि हुनेछन् ।भने फाईनल खेल फागुन ११ गते शनिबारका दिन हुनेछ । धनगढी प्रीमियर लिग (डीपीएल) तेस्रो सिजनको विजेता टोलीले ३० लाख नगद रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ट्राफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता, तेस्रोले चौथो हुने टोलीले क्रमशः १२ लाख, तेस्रोले ४ लाख र चौथो हुने टिमले २ लाख नगद रुपैयाँ प्राप्त गर्दा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेष्ट बलरलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ, प्रतियोगिता फागुन ११ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्