नवलपरासीमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

काठमाडौं, ६ फागुन । पश्चिम नवलपरासीको प्रतापपुरमा सम्पन्न पुरुष तर्फको अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि एपीएफ क्लबको टोलीले हात पार्न सफल भएको छ ।

भारतको लखनउ रेल्वे टिम सँग भएको फाईनल खेलमा ३—१ ले एपीएफ क्लब बिजयी भएको हो । खेलमा एपीएफले पहिलो सेट २५—१९ ले बाजी मारेको थियो भने दोस्रोमा भारतको लखनउ रेल्वले २२— २५ले एपीएफलाई हराएको थियो । त्यसपछि तेस्रो र चौथो सेटमा एपीएफले लखनउ रेल्वे टिमलाई २५—२० , २५—२० हराउदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

यसैगरी प्रतियोगितामा भारतको गोरखपुर स्पोर्टस क्लब तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम हुने टिम एपीएफले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने भारतको लखनउ रेल्वे टिमले ५१ हजार १ सय १ रुपैया र तृतीय हुने भारतको गोरखपुर स्पोर्टस क्लबले २५ हजार १ सय १ रुपैया सहित शिल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगीतामा नेपाल र भारतका गरी कुल ६ टिम सहभागी छन् ।

भारतको तर्फबाट लखनउ रेल्वे र गोरखपुर टिम गरी दुई टिम सहभागी थिए भने नेपालको तर्फबाट, रुपन्देही, पश्चिम नवलपरासी, पूर्बी नवलपरासीको टिम गरी चार टिम सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्