राप्रपाले सुरु ग-यो–हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका २२ बुँदे मागसहित राष्ट्रवादी जनसंघर्ष

काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका विभिन्न २२ बुँदे मागहरु राखेर आजबाट राष्ट्रवादी जनसंघर्ष शुरु गरेको छ ।

राप्रपाले उपत्यकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र पेश गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गएको पार्टीको प्रतिनिधिमण्डलले जनसंघर्षको २२ बुँदे माग सहितको ज्ञापनपत्र आज सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । वालुवाटार स्थित प्रधानमन्त्री निवासमा ज्ञापनपत्र पेश गरेपछि आजै राप्रपाले ¥याली सहित शान्तिपूर्ण जनसंघर्ष कार्यक्रमको शुभारम्भ समेत गरेको छ ।

अध्यक्ष थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट शुरु भएको जुलुस माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ लगायतका नेताहरूले सम्बोधन गरेका थिए । पार्टीले मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गरिनुपर्ने समयसीमा तोकेको छ ।

निर्धारित समयसम्ममा माग सम्बोधन नभए वा हुन नसके फागुन ३० गते काठमाडौंमा हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा संघर्षका थप कार्यक्रम घोषणा गरिनेछ । राप्रपाले जनसंघर्षकै कार्यक्रम अन्तर्गत आफूले सरकार समक्ष पेश गरेका मागहरू बारे जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी तिव्रताका साथ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्