जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण आफ्नै कार्यकालमा गरिने प्रधानमन्त्रीको उद्घोष

  • उत्तर बिष्ट,

डडेल्धुरा । प्रधानमन्त्री केपीशर्मा ओलीले ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण आफ्नै कार्यकालमा गरिने उद्घोष गर्नुभएको छ ।

विद्युत प्राधिकरणले डडेलधुराको स्याउलेमा निर्माण गरेको १३२÷३३÷११ केभी सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् आयोजना आफनै कार्यकालमा सुरु हुने बताउनुभएको हो ।

आफ्नो पहिलो कार्यकालमा सबस्टेसनको ठेक्का प्रक्रिया सुरु भएको उल्लेख गर्दै ओलीले ७५० मेगावाटको पश्चिम सेती आयोजना पनि आफ्नै कार्यकाल निर्माण सुरु गरिने उहाँको दावी थियो । थ्री गर्जेजले ल्याएको समान समेत धमाधम लैजान थालेका बेला प्रधानमन्त्री ओलीले विद्युत नपुगेको स्थानमा पनि व्यापकरुपमा विद्युतीकरण गर्ने बताउनुभएको थियो ।

सबस्टेशन अहिले आफ्नो क्षमताको करिब ३० प्रतिशत मात्रै संचालनमा भइरहेकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । यसले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिकास तथा आर्थिक समृद्धिका लागि महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३ र ११ केभीका सव स्टेसनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्