सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको झलनाथ खनालको आरोप

काठमाडौं, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउनु भएको छ । काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निराशा बढेको बताउनु भयो ।

महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उहाँको भनाइ थियो ।

नेता खनालले संविधान कार्यान्वयनमा भने सरकार सफल रहेको दावी गर्नुभयो । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उहाँको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्