पञ्चायतकालमा भन्दा अहिले भ्रष्टाचार बढ्यो: पशुपतिशमशेर राणा (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले नेपालमा २००७ साल देखि नै प्रजातन्त्रको स्थापना भए पनि अझै पनि आमजनताले शुसासन र विकासको अनुभूति गर्न नपाएको यथार्थता रहेको बताउनु भएकोछ ।

न्यूज २४ टेलिभिजनको नियमित कार्यक्रम इस्यु अफ द डेमा प्रजातन्त्र दिवसको अवसरमा गरिएको कुराकानीमा उहाँले गरीव जनताले शुसासन र न्याय नपाएको गुनासो पोख्नु भयो ।
अध्यक्ष राणाले केपी शर्मा ओलीको बहुमत प्राप्त सरकारले अवसर पाएर पनि जनतालाई शुसासन दिन नसकेको आरोप लगाउनु भयो ।

उहाँले पञ्चायत कालमा भन्दा बढी अहिले भष्टाचार बढेको बताउनु भयो । सिंहदरवार देखि वडा तहसम्म तीन तहको भष्टचार रहेको गुनासो नेता राणाको छ । राणासंगको कुराकानीको विस्तृत अंश भिडियोमा:

प्रतिक्रिया दिनुहोस्