अदालतमा बलात्कार मुद्धा– पीडितलाई प्रत्येक दिन डर र धम्की !

चितवन । बलात्कारमा मुद्धामा चितवन जिल्ला अदालतमा बहस भैरहेको बेला पीडित महिलालाई बयान फेर्न भन्दै पीडक पक्षले अदालतकै कर्मचारीको मिलेमतोमा ५ लाख झोलामा हालिदिएको बिषयमा हामीले रिपोर्टिङ गरेका थियाँै ।

अदालत भित्र लेनदेन भएको बिषय प्रत्यक्षदर्शी तथा अदालतमा कार्यरत प्रहरीले नै पुष्टी गरेका थिए । साथै उनलाई सुरक्षा चुनौती थपिएको भनेर अदालतले नै प्रहरीको जिम्मा लगाएर घरसम्म पु¥याएको अदालतका श्रेष्तदार गेहेन्द्र राज पन्तले नै बताउनुभएको थियो ।

तर अहिले पनि पीडित महिला सुरक्षीत महशुस गरिरहेकी छैनन् । अहिले दैनिक जसो पीडिक पक्षका व्यक्तिहरुले मुद्धा फिर्ता गर्न भन्दै धम्काइरहेका छन् ।
यति मात्रै नभई उनी बस्ने घरबेटीलाई समेत महिला समुह ल्याएर कालो मोसो दल्छौ भन्दै धम्काइरहेको बताउछिन् । अदालतमा विचाराधीन मुद्धामा बयान फेर्न, मुद्धा फिर्ता लिन कुनै पक्षलाई दबाब दिन पाइदैन ।

तर बलात्कार मुद्धा लडिरहेकी एक महिलामाथी बारम्बार धम्की आउनु आँफैमा गम्भीर कुरा हो । यो बिषयमा चितवनमा अदालत, प्रहरी प्रशासन तथा अधिकारकर्मी, कानुन व्यवसायीको ध्यान तानुन पर्ने हो तर हामीले रिपोर्ट प्रशारण गरेपछि चितवन जिल्ला अदालत बार एशोसियशनले समाचारले अदालतको मान हानी भएको भन्दै विज्ञप्ती निकालेको छ ।

विज्ञप्तीमा हामीले प्रशारण गरेको बिषयले अदालतमा विचार धिन मुद्धामा भ्रम सिर्जना गरेको उल्लेख गरिएको छ । यो बिषयमा चितवन जिल्ला अदालतका श्रेस्तेदार गेहेन्द्र राज पन्तले घटनाका बिषयमा सर्वोच्च अदालतले चासो व्यतm गरेको भन्दै थप नबोल्न बताए ।

हामीले समाचारमा चितवन जिल्ला अदालत भित्र कर्मचारी र मुद्धाका वादी प्रतिवादीबीच भएको अर्मायादित लेनदेनको बिषयमा उठाएको छौं ।

प्रतिक्रिया दिनुहोस्