क्रान्तिका कुरा गरेर हिंसा फैलाउनेप्रति सरकार चुप नबस्ने प्रधानमन्त्रीकाे भनाइ

काठमाडाैं । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार संघीयता विरोधी नभएको दोहो¥याउनुभएको छ ।

 

सुदुरपश्चिम प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यानवयनका सन्दर्भमा चाहिने कानून निर्माणमा केही ढिलाई भएपनि सरका संघीयता विरोधी नभएको बताउनुभएको हो । उहाँले एक वर्षमा सरकारले कानून निर्माणका महत्वपूर्ण काम सम्पन्न गरिसकेकाले संघीयतालाई सहज रुपमा अघि बढाउन सरकार लागिपरेको बताउनुभयो ।

फरक प्रशंगमा प्रधानमन्त्ती ओलीले जनप्रतिनिधिका व्यवहारले लोकतन्त्रप्रति जनताको विश्वास जाग्ने जनताको आकांक्षा पुरा गर्ने गरी काम गर्न समेत प्रदेश सांसदलाई आग्रह गर्नुभयो । निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको उहाँको ठम्याई थियो । यस्तै, राप्रपाप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको समेत आरोप समेत लगाउनुभएको थियो ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विशेष निमन्त्रणामा प्रधानमन्त्री ओली सुदुरपश्चिम प्रदेशको भ्रमणमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्