प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश

विराटनगर, ८ फागुन । एक नम्बर प्रदेश सभामा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिएको छ ।

बुधवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कीले सो विधेयक पेश गर्नुभएको हो ।

हिउदे अधिवेशनमा अहिलेसम्म प्रदेश सरकारले ४ वटा विधेयक पेश गरिसकेको छ । सहकारी संस्थाहरुलाई नियमन, नियन्त्रण र व्यवस्थापन गर्न सो विधेयक ल्याइएको मंत्री कार्कीले जानकारी दिए ।

प्रदेश सभा बैठकको शुन्य समयमा संखुवासभाबाट प्रतिनिधित्व गर्नुहुने सांसद पूर्ण प्रसाद राईले वरुण खोला धार्मिक र पूरातात्विक महत्वको नदी भएकाले यसबाट सिचाई र जलविद्युत उत्पादन गर्न नदिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्